Comments Add Comment

पालिका स्तरिय शिक्षक भलिबलको उपाधि भानुलाई

तस्बिर : एलेक्स पुडासैनी

मकवानपुरगढी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि भानु मा. वि.ले जितेको छ । मकवानपुरगढी वडा नम्बर ७ सुकौरामा रहेको जनता मा.वि.को आयोजना र मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा शनिबारबाट सुरु भएको प्रतियोगितामा शारदा मा.वि.गढी–५ लाई सोझो सेटमा पराजित गर्दै भानु मा.वि मक्रान्चुली विजयी भएको हो । भानु मा.वि.ले सोझो सेटमा शारदा मा.वि.लाई २५–१३ , २५–१४ र २५–१३ ले पाखा लगाउँदै उपाधि हात पारेको हो । यो जितसंगै भानु मा.वि.ले पालिका स्तरिय शिक्षक भलिबल प्रतियोगिताको उपाधि तेस्रो पटक आफ्नो पोल्टामा पारेको छ ।

तस्बिर : एलेक्स पुडासैनी

प्रतियोगितामा पालिकाभरबाट आठ टिमले सहभागी जनाएको जनता मा.वि.का प्रधानध्यापक होम नेपालीले बताए । उपाधि हात पार्दै भानु मा.वि. ले नगद १० हजार, शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हुँदै शारदा मा.वि.ले नगद ५ हजार , शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

तस्बिर : एलेक्स पुडासैनी

समापन तथा पुरस्कार वितरण कार्यक्रम मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष सुर्य बहादुर रुम्बा र मकवानपुर जिल्ला भलिबल संघका निवर्तमान उपाध्यक्ष इन्द्र प्रसाद सन्जेल लगायतकाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर