अपहरणमा परेका हेटौंडाका दुई जना प्रहरीव्दारा उद्धार

Company Register

प्रहरीव्दारा अपहरणमा परेका हेटौंडाका दुई जनाको सकुशल उद्धार गरिएको छ । हेटौंडा –९ स्वागत टोल बस्ने २३ वर्षीय गोबिन्द श्रेष्ठ र सोही स्थान बस्ने २२ वर्षीय पवन राना मगरको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भदौ ३ गते राती तीन जना भारतीय नागरीकले हेटौंडा–१० बसपार्कबाट अपहरण गरेका थिए । उनीहरुलाई अपहरण गरी भारतको मोतीहारी पुर्याइएको थियो ।

Advertisement

अपहरणकारीले दुबै जनालाई भारतको मोतीहारीमा बन्धक बनाई भारु पाँच लाख फिरौती समेत माग गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अपहरणमा परेका दुबै जनालाई शनिबार भारतीय प्रहरीको सहयोगमा सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाईएको प्रहरीले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...