मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका सार्वजनिक तथा निजी विद्यालय वैशाखभर बन्द हुने भएको छ । कोरोना संक्रमण जोखिमका कारण विद्यालयहरु बन्द गर्न लागिएको हो । कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले गृह मन्त्रालय,शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई जिल्लामा मंगलबारबाटै लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय गरे संगै हेटौंडा उपमहानगरपालिका भित्रको सार्वजनिक तथा निजी विद्यालयहरु बन्द हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले हेटौंडा भित्रका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म अनलाईन कक्षा संचालन गर्ने निर्णय गरेको गरेको हो । यसैगरि जिल्लाका ९ स्थानीय तहहरुले आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठन पाठन गराउन सक्नेछ ।