Comments Add Comment

रोटरीको निशुल्क आँखा शिविरमा ३९० जनाले गरे परिक्षण

रोटरी क्लब अफ काठमाडौं मिडटाउन र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजना मंगलबारबाट शुरु भएको निशुल्क आँखा शिविरमा ३ सय ९० जनाको निशुल्क आँखा परिक्षण गरिएको छ । मंगलबार रौतहटको फतुवा बिजयपुर गाउँपालिका वडा नम्बर ११, हिमालिबासमा भएको आँखा शिविरमा २ सय ४८ जनाको आँखा परिक्षण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्कीले बताए । जसमध्ये ४८ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् ।

त्यसैगरी सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर ७ क्यानेश्वरमा १ सय ४२ जनाको परिक्षण गर्दा २५ जना मोतिबिन्दुका बिरामी भेटिएको कार्यक्रम संयोजक अन्जनी कुमार पराजुलीले जानकारी दिए । शिविरमा हेटौंडा आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ । मोतिबिन्दुका बिरामीहरुको फागुन १९ गते शुक्रबार हेटौंडा आँखा अस्पतालमा निशुल्क शल्यक्रिया हुने संयोजक पराजुलीले बताए । पराजुलीका अनुसार बुधबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर ५, रानिगन्ज र सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका वडा नम्बर ३, पिपलमाडीमा शिविर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर