नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल समुह भने नजाने निर्णय गरेको छ । बिहीबार बसेको नेपाल समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको हो । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ ।