नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ। सो सडक खण्डका विभिन्न ठाँउमा पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसे पछि सडक अबरुद्ध भएको हो।