आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मकवानपुरमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मकवानपुरको दुई निर्वाचन क्षेत्रमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेका छन् । जसमा ९२ हजार ८७७, पुरुष ८५ हजार ४ सय जना र अन्य ५ जना गरी एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका छन् ।

मुख्य निर्वाचन अधिकृत निरौलाका अनुसार मकवानपुरमा जम्मा ५९ प्रतिशत मात्रै मत खसेको छ । जिल्लामा दुई क्षेत्रमा गरि कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । मतगणना आज सोमबार बिहानदेखि सुरु गरिने मुख्य निर्वाचन अधिकृत निरौलाले बताएका छन् । जिल्लाका मतपेटिकाहरु मध्यराती मतगणना केन्द्र सिद्धार्थ मावि मा आईपुगेको बताए । अहिले विहान सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने निरौलाले बताए ।