Comments Add Comment

विश्वकप फुटबलमा आयोजक कतार पराजित,इक्वेडरको विजयी सुरुवात

विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे ।

भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती दिलाएका थिए । खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । यसअघि खेलको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो । यो जितसँगै समूह ए को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ । आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै