Coronavirus COVID-19

सिरि ए फुटबलको उपाधि युभेन्ट्सलाई

[Ads]

Advertisement

सिरि ए फुटबलको उपाधि यभेन्टसले जितेको छ । आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक सिरि ए को उपाधि जितेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले एक– एक गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए । ६७औं मिनेटमा बर्नार्डेस्कीले घरेलु क्लबका लागि दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए । खेल सकिन एक मिनेट अघि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । तर, रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल रहे । युभेन्ट्सलाई लिग उपाधि जित्न तीन अंक आवश्यक थियो । तर, पछिल्ला ५ खेलमा युभेन्ट्सले मात्र एक खेलमा जित निकाल्न सफल रह्यो । अबरुद्ध लिग पुन सुरु भएपछि रोनाल्डोले युभेन्ट्सका लागि १० गोल गर्न सफल रहे । अन्तिम मिनेटमा पेनाल्टी खेर फालेका रोनाल्डोले क्लबको कीर्तिमान बराबरी गर्न असफल रहे ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...