Comments Add Comment

मैत्रीपूर्ण खेलमा ब्राजिल समर्थक विजयी

मकवानपुरगढी–५ मा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ब्राजिल सर्मथक टिम विजयी भएको छ । शनिबार मकवानपुरगढी–५ धादिङ्ग स्थित शारदा माविको खेल मैदानमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ब्राजिल समर्थक टिम विजयी भएको हो ।

May be an image of 6 people, people standing and outdoors

भाईचाराको सम्बन्ध बिस्तार खेलाडी लाई हौसला फुटबल खेलको विकास र भर्खरै सम्पन्न वर्ल्डकप २०२२ को सम्झना स्वरूप मैत्रीपूर्ण खेलको आयोजना गरेको मकवानपुरगढी ५ का सक्रिय युवा खेलाडी कमल थापाले जानकारी दिए । प्रतियोगितामा ब्राजिल समर्थक टिम ,अर्जेन्टिना समर्थक टिम र पोर्चुगल समर्थक टिमको सहभागिता रहेको थियो ।

May be an image of 7 people, people standing and outdoors

ब्राजिल समर्थक टिमले अर्जेन्टिना र पोर्चुगल समर्थक टिमलाई पराजित गर्दै विजयी भएको छ । विजयी भएसँगै ब्राजिल समर्थक टिमले नगद ५ हजार रुपैँया प्राप्त गरेका छन् । त्यस्तै सान्त्वना हुँदै पोर्चुगल समर्थक टिमले नगद २ हजार रुपैँया प्राप्त गरेका छन् । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जिल्ला भलिबल संघका वरिष्ठ उपाध्यक्ष ईन्द्र प्रसाद संजेल र स्थानीय युवा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर