लायन्स क्लब अफ हेटौडा तथा लियो क्लबहरुको सहयोग तथा गाउँपालिकाको समन्वयमा मकवानपुरको राक्सिराङ गाँउपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ। सोमबार लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ,लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजन, लियो क्लब अफ हेटौडा मुक्तिनाथ र लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनको समन्वय र सहकार्यकामा संयुक्त रुपमा राक्सिराङको दुईवटा वडाका ३० घरपरिवारलाई खाद्यान्न र स्वास्थ्य सामाग्री सहयोग गरिएको हो।

गाउँपालिकाको वडा नम्बर ४ र ५ का ३० घर परिवारलाई चामल २० किलो,दाल(२ किलो,नुन( १ प्याकेट,तेल( १ लिटर,सोयाबिन( १र२ किलो, साबुन( ६ पिस, मास्क( १० पिस सहयोग गरेका हुन। ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने गरेको र निषेधाज्ञा जारीभएसँगै जीविकोपार्जन गर्न समस्या परेको खबर पाएपछि लायन्स र लियोको सकृयतामा खाधान्न तथा स्वास्थ्य सामाग्री सहयोग सहयोग गरिएको लायो तथा लायन्स क्लबमा आबद्ध मकवानपुरका युवा समाजसेवी विकेशलाल श्रेष्ठले जानकारी दिएका छन।