मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन अगामी बैशाख १८ गते हुने भएको छ । बिहीबार बसेको कार्यसमिति बैठकले नयाँ मिति तय गरेको हो । संघको ५४ औं वार्षिक साधारण सभाको कार्यक्रम भने बैशाख १५ गते हुने भएको छ । यसअघि चैत्र २१ गते वार्षिक सभा र २३ गते निर्वाचन कार्यक्रम तय गरेको संघले चैत्र ८ गते स्वास्थ्य मन्त्रालयबाट जारी प्रेस विज्ञप्ति र चैत्र ९ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भेला, गोष्ठी, सभा, एवम् भीडभाड हुने कार्यहरु नगर्न सूचना गरेकाले स्थगित गरेको जनाएको थियो ।