Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बकैयामा भएको अध्यक्ष कपको उपाधि वडा नम्बर ३ लाई

Company Register

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा भएको बकैया अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ हात्तिसुँडेले जितेको छ । बिहीबार भएको फाइनल खेलमा वडा नम्बर ५ लाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ हात्तिसुँडेले उपाधी हात पारेको हो । दुबै टिमले निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच वडा ३ का गोलरक्षक विक्रम नेगी घोषित भए । विजेता भएसँगै वडा नम्बर ३ ले १ लाख रुपैयाँ हात पारेका छन् । वडा नम्बर ५ भने उपविजेता हुदै ५० हजार रुपैयाँ चित्त बुझाएको छ ।

Advertisement

प्रतियोगिताको उत्कृष्ट खेलाडी र बढी गोलकर्ता वडा नम्बर ५ का नवराज घलान, उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का विक्रम नेगी, उत्कृष्ट डिफेन्डर वडा नम्बर ३ का विकास वाईबा र उत्कृष्ट मिडफिल्डर वडा नम्बर ३ का छेवाङ भोम्जन घोषित भएका छन् । विधागत उत्कृष्ट खेलाडीले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् । बकैया खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...