माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदैछ । माल्दिभ्सबाट बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । शनिबार राति भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित हुँदै उपविजेता भएको थियो ।