
हेटौंडा – हेटौंडा –७ स्थित नागस्वतीमा बडा दशैँको अवसरमा जारी टोल स्तरीय फुटबल प्रतियोगितामा आयोजक टिम जागरण र न्यु चिसापानी फुटबल टिम फाईनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक जागरण फुटबल टिम र अग्राठे फुटबल टिम बिच भएकोमा निर्धारित समयमा २–२ गोल भएर रोकिएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । समय अभावले उक्त खेलको ट्राईब्रेकर आज शनिबार भएकोमा आयोजक जागरणले अग्राठे फुटबल टिमलाई ४ गोलका बिरुद्ध ५ गोल गर्दै फाईनल प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच आयोजक जागरणका मनिष गौतम भएका छन् ।

त्यस्तै आज भएको दोस्रो सेमिफाईनल खेलमा न्यु चिसापानी फुटबल टिमले वनदेवीलाई स्तब्ध बनाउँदै फाईनल प्रवेश गरेका छन् । निर्धारित समयमा दुबै टिमबाट १–१ गोलको बराबरीमा रोकिएपछि खेल सिधै ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा न्यु चिसापानीले वनदेवीलाई ५–३ गोल अन्तरले पराजित गर्दै आयोजक जागरणसंग फाईनल खेल्ने पक्का गरेका छन् । उक्त खेलको म्यान अफ द म्याच न्यु चिसापानीका बिश्वास बि.क. भएका छन् ।

फाईनल खेल यही २५ गते दिउँसो २ बजे हुने सञ्चार संयोजक गोकुल अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिताको बिजेता टिमले ४५ किलोको खसि , शिल्ड ,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले ३५ किलोको खसि ,शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी ,अनुसाशित टिम ,सर्वाधिक गोलकर्ता र हरेक खेलका म्यान अफ द म्याचले पनि आकर्षक पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




