
हेटौंडामा पहिलोपटक आज बिहीबार सवारी चालक अनुमति पत्र(लाइसेन्स)का लागि लिईएको लिखित परिक्षाको परिक्षाफल प्रकाशित भएको छ । प्रदेश ३ को यातयात ब्यवस्था सेवा कार्यालयले आजदेखि लिखित परिक्षा सुरु गरेको थियो ।
आज बिहीबार बिहान भएको परिक्षामा ५ सय २० जनाले परिक्षा दिएको थियो । लिखित परिक्षामा उतिर्ण हुनेहरुको ट्रायल परिक्षा शनिबार हुने यातायात कार्याललय मकवानपुरले बुधबार नै एक सुचना मार्फत जानकारी दिएका छन् ।
यातयात कार्यालयले सबैप्रकारका सवारी साधनका लागि अनलाइन मार्फत आवेदन दिने ब्यवस्था मिलाइएको यातायात ब्यवस्था सेवा कार्यालय प्रदेश तीनका निमित्त प्रमुख पोषण थापाले जानकारी दिएका छन् ।
आफ्नु नतिजा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




