Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बागमती प्रदेशले कोरोना संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय

Company Register

बागमती प्रदेशले कोरोना भाईरस संक्रमण न्युनिकरणका लागि हात नमिलाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ । बिश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ ।

Advertisement

नेपालीको परम्परा देखि चलिआएको चलन एबम् हातका कारण कोरोना बढि संक्रमण हुने चिकित्सकको भनाईलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’ को निति अवलम्बन गर्न जनसमुदायमा आब्हान गर्ने निर्णय पनि गरेको हो । बिहिबर नै बसेको मन्त्रिपरिषदको बैठकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बुधबार मात्र मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री एबम् मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यबाद ज्ञापन गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...