आजको पञ्चाङ्ग
बि.सं. फागुन २३, २०७६ । इ.सं. 06 March, 2020 । शक संवत १९४१ । नेपाल संवत ११४० चिल्लाथ्व । परिधावी । उत्तरायण । शिशिर । शुक्रवार । फाल्गुण शुक्लपक्ष । तिथि ।एकादशी । ७:१८ बजेदेखि द्वादशी , २९:५४ बजे उप्रान्त चतुर्दशी । नक्षत्र पुनर्वशु ६:३९ बजेदेखि तिष्य , २९:५६ बजे उप्रान्त मघा । योग शोभन , २५:३८ बजे उप्रान्त अतिगण्ड । करण भद्रा ७:१८ बजे देखि वव , १८:३९ बजे उप्रान्त । चन्द्रराशि कर्कट । आनन्दादी योग लुम्ब । दिनमान २९।१४ । सूर्योदय ६:२५ । सूर्यास्त १८:०७
तपाइको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । |
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । |
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । |
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । |
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
आफन्त संग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । |
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । |
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । |
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ । |
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । |
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । |
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । |
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । |
ज्यो.प. नारायणप्रसाद दुलाल