हेटौंडा– ७ स्थित एक गोठमा आगलागी भएको छ । मंगलबार राती पराल राखिएको गोठमा आगोलागी भएको जिल्ला कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले बताए । आगलागीबाट स्थानीय हरि खड्काको गोठ र गाठमा रहेको माया बलको पराल जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।