प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल अन्तर्गत आज दुई खेल हुने भएकोे छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा धादिङ्ग र काभ्रेपलान्चोक बिच हुने भएको छ ।

त्यस्तै दोस्रो खेल बेलुका ४ बजे हुने भएको छ । दोस्रो खेलमा मकवानपुर र सिन्धुली बिच भिड्ने खेल संयोजक कल्पना शर्माले बताईन् । त्यस्तै हिजो मंगलबार दुई खेल सम्पन्न भएकोे छ । मंगलबार भएको पहिलो खेलमा काठमाण्डौंलाई ६–० फराकिलो गोल अन्तरले हराउँदै सिन्धुली विजयी भएको छ । त्यस्तै दोस्रो खेलमा भक्तपुर विजयी भएको छ । रसुवालाई ६–० गोल अन्तरले हराउदैं भक्तपुर क्वाटरफाइनल प्रवेश गरेको हो ।