Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोपा अमेरिका : उरुग्वेलाई हराउँदै कोलम्बिया सेमिफाइनलमा

Company Register

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४(२ ले हराएको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

Advertisement

पेनाल्टी सुटआउटमा कोलम्बियाले बाजी मार्यो। र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो। प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ। अर्जेन्टिना र इक्वेडरको विजेताले कोलम्बियाको सामना गर्ने छ। यस अघि नै ब्राजिल र पेरु सेमिफाइनलमा पुगिसकेका छन्।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...