Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

साउन २५ गतेदेखि एमालेको विधान अधिवेशन

Company Register

नेकपा एमालेले आगामी साउन २५ गतेदेखि विधान अधिवेशन गर्ने भएको छ।बालुवाटारमा शुक्रबार र शनिबार बसेको एमाले १३ औँ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो। विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। त्यसैगरी पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशन अन्तर्गत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने निर्णय बैठकले गरेको छ। त्यसैगरी पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरुको प्रस्ताव र सिफारिस अबिलम्ब पठाउन बैठकले निर्देश गरेको प्रचार विभाग उपप्रमुख थापाले बताए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...