मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा प्रथम, दोस्रो र तेस्रो डान ग्रेडिङ्ग कार्यक्रम शनिबार हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मेयर महतले आफुले हेटौंडाको खेल क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको वताउनुभयो ।