Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रोनाल्डोले कोकाकोला हटाएपछि कोकको बजार मूल्य ४ विलियन डलरले घट्यो

Company Register

केहि दिन अघि क्रिस्टियानो रोनाल्डोले युरो कपको पत्रकार सम्मेलनमा आफ्नो अगाडि टेबलमा राखिएको कोकोकोलाको बोतल रिसाउँदै हटाएका थिए ।

Advertisement

यस प्रतियोगिताको आधिकारिक स्पोन्सर कोकाकोला हो र उसले बोतल सबैले देख्ने ठाउँमा राखेको थियो । तर रोनाल्डोलाई त्यो  मन परेन अनि उनले त्यसलाई हटाए र छेउमै रहेको पानीको बोतल उठाएर पानि पिउन आग्रह गरे ।

तर रोनाल्डोको त्यो सानो हर्कतको असर कोकाकोलाको सेयर मूल्यमा  परेको छ ।

यसले कोकको बजार मूल्यमा १ दशमलल ६ प्रतिशत अर्थात् ४ विलियन अमेरिकी डलरले गिरावट आएको छ । रोनाल्डोको यो ब्यबहारपछि कोकको  सेयर मूल्य ५६.१० डलरबाट ५५.२२ डलरमा झरेको हो । उसको बजार मूल्य २४२ विलियन डलरबाट २३८ विलियन डलरमा झरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

त्यसपछि कोककोला कम्पनीले एक विज्ञप्ति जारी गर्दै हर कोही स्वाद र आवश्यकता अनुसार आफ्नो पेय पर्दाथ छनोट गर्न लागि हकदार रहेको बताएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...