Comments Add Comment

हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड सम्पन्न

हेटौंडामा पहिलो पटक साइकलिङ अफरोड च्याम्पियनसिप मा काठमाडौंका बुद्धी बहादुर तामाङ च्याम्पियन भएका छन्, । पचास हजार नगद सहित उनले मेडल ट्रफि प्राप्त गरेका छन्, । च्याम्पियनको दोस्रो स्थानमा भने काठमाडौंकै सुरज रानामगर भएका छन्, । उनले नगद ३० हजार सहित प्रमाणपत्र मेडल र ट्रफि प्राप्त गरेका छन्, । तेस्रो हुनेमा काठमाडौंका लक्ष्मण मल्ल भएका छन्, । उनले नगद २० हजार सहित ट्रफि,प्रमाण पत्र प्राप्त गरेका छन्, ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । हेटौंडा राइर्डस क्लबको आयोजनामा भएको च्याम्पियनसिप प्रतियोगितामा ४ महिला सहित ४१ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमको अवसरमा महिला सहभागिताहरुलाई साइकल हेल्मेट हौसल्ला प्रदान हुने गरि हस्तान्तरण गरिएको थियो । च्याम्पियनमा ४० वर्ष उमेर माथीको राइर्डस मध्ये हेटौंडाका राजु गुप्तालाई हौसला पुरस्कार भनि २० हजार बराबरको साईकल प्रदान गरिएको थियो । भ्रमण वर्ष २०२० को अवसरमा च्याम्पियनसिप कार्यक्रम आयोजना गरि मकवानपुरगढी परिक्रममा गरि हेटौंडा फर्किएको थियो ।

देशका देशका विभिन्न शहर हेटौंडा, काठमाडौं दाङ, धरान, निजगढ, सिमरा चितवनका गरि राष्ट्रिय स्तरका साइकिलिस्टहरुको पनि सहभागिता रहेको थियो । भीमफेदी गाउँपालिकाको सामरीपुलबाट सुरु भएको च्याम्पियनसिपमा सहभागिहरु मकवानपुरगढीको वडा ५ र ६ साविक आमभञ्ज्याङको डुम्रेकुना बाट वडा २ बाँसपानी हुदैं शिकरकटेरी वडा ३ को मक्रान्चुली पुगिने रुट रहेको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । मक्रान्चुलीबाट हेटौंडा ५ पिप्ले निस्केर सानोपोखरा हुदैं हुप्रचौरमा सञ्चालन हुने सडक खाना महोत्सवमा पुगी समापन भएको थियो । करिब २८ किलोमिटर रहेको प्रतियोगिता मकवानपुरमा पहिलो पटक भएको हो ।

च्याम्पियनसिपको समापन कार्यक्रममा समाजसेवी पुरन बहादुर जोशी, विश्व साईकल यात्री पुष्कर शाह, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, मकवानपुर होटल एसोसियसनका अध्यक्ष शंकरलाल श्रेष्ठ, मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन, क्लबका संस्थापक अध्यक्ष दीपेन्द्रचन्द्र ठकुरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष विकास ताम्राकारको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर