2025-12-10 2:22 am

शिक्षक संगठन मकवानपुरको एक दिने नेतृत्व बिकास कार्यशाला सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको आयोजनामा एक दिने नेतृत्व बिकास कार्यशाला आज सम्पन्न भएको छ । संगठन केन्द्रीय समिति अध्यक्ष लक्षमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष माधव अधिकारी र केन्द्रीय सचिवालय सदस्य कमला थापाको विशिष्ठ आतिथ्यता रहेको थियो । संगठनको सांगठनिक सक्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको प्रशिक्षणात्मक कार्यक्रमलाई अध्यक्ष शर्माले मूख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको हो । अन्य प्रशिक्षकहरुमा कमला थापा, पद्मा पौडेल रमेश प्रसाद लामिछाने, लगायत ,हनुभएको थियो ।

जिल्ला अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठन केन्द्रीय सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद् सदस्य रमेश प्रसाद लामिछाने, ३ नं प्रदेस सचिवालय सदस्य मोहन प्रसाद शर्मा, पूर्ण पुरी, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेल, किशोर बर्तौला, लगायतकाको आतिथ्यता रहेको थियो । जिल्ला सचिव पुरुषोत्तम आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लाभरीका संगठनका विभिन्न तहका पदाधिकारीको सहभागिता रहेको थियो ।

सहभागी हुनेहरुमा संगठन जिल्ला समिति, लेखा समिति र सल्लाहकार, संगठन स्थानिय तहका पदाधिकारिहरू , संगठनको तर्फबाट महासंघ जिल्ला समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि, संगठको तर्फबाट १० वटै स्थानिय माहासंघमा प्रतिनिधित्व गर्नुहुने पदाधिकारीहरू त्यस्तै, संगठनका अग्रज नेता तथा पुर्ब जिल्ला समितिका पदाधिकारीहरु, लगायत शिक्षक हित साकोसका संचालकहरू गरि झण्डै १५० जनाको सहभागिता रहेको थियो । संगठनको ५ महिने अभियान अन्तर्गत अन्तर्गत गरिएको प्रशिक्षणात्मक कार्यक्रममा अभियानमा गरिने कार्यक्रमको बारेमा समेत प्रष्ट्याईएको थियो । जसअन्तर्गत पालिकास्तरिय बिस्तारित बैठक राख्ने,वडा कमिटि गठन गरि वडा भेला बोलाउने, सदस्यता नविकरणलाई तीब्र बनाउने, शिक्षकको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न प्रत्येक पालिकामा पालिकास्तरीय सूचना प्रविधि तालिम सञ्चालन गर्ने एवम् रचनात्मक कार्यक्रम गर्ने प्रचार विभाग प्रमुख सुनिल गौतमले बताउनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad