2025-12-11 8:42 pm

विद्यार्थीलाई न्यानो कपडा

कपडा तथा तयारी पोशाक ब्यवसायी संघ मकवानपुरको आयोजानामा मकवानपुरको विकट बागमती गाउँपालिकाको सल्लेनीमा एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बागमती गाउँपालिका वडा नंबर ३ सल्लेनीमा रहेको श्री विष्णु आधारभुत विध्यालयमा अध्यनरत २६२ जना छात्राछात्रहरुलाई न्यानो कपडाको रुपमा स्विटर प्रदान गरिएको हो ।

प्रदेश ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष समिरलाल डङ्गोलको अध्यक्षतामा कार्यक्रम भएको हो । मकवानपुरको सदरमुकाम हेटौंडाबाट करिब ५५ किलोमीटर पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकाको सल्लेनीमा रहेको यस विद्यालयमा तमाङ , सीमान्तकृत माझी तथा दलित समुदायका विद्यार्थीहरु अध्ययन गरिरहेका छन ।

गरिब एवम् विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गरिरहेको यस विद्यालयमा जाडोको समस्याले पठनपाठनमा असहज भइरहेको अवस्थालाई मध्यनजर गर्दै सहयोग गरिएको संघका अध्यक्ष डङ्गोलले बताए । कार्यक्रममा बागमती गाउँपालिका वडा नंबर ३ का अध्यक्ष बलबहादुर पाख्रिन , सदस्य दिनेश माझी , भगवती माझी , वीर बहादुर लामा , संघका उपाध्यक्ष रबिन्द्र घिमिरे , कोषाधक्ष नेत्र प्रसाद खतिवडा ,महासचिव तेज अधिकारी , सदस्यहरु पवन दुलाल , दीपेन्द्र बानियाँ , मधुसूदन अर्याल , सल्लाहकारहरु श्याम सुन्दर श्रेष्ठ , दिप चन्द अग्रवाल , विष्णुलाल महर्जन , श्याम प्रसाद श्रेष्ठ , लगायतको सहभागिता रहेको थियो । संघले विगतका वर्षहरुमा पनि यस्तै सहयोग गर्दै आईरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad