Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कर्णालीमा नवनियुक्त तीन मन्त्रीले लिए सपथ

Company Register

कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीले सपथ लिएका छन् । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् । नन्दसिंह बुढाले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापाले भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने नेकपा एमालेको माधव नेपाल समूहका तीन जनालाई शनिबार साँझ मन्त्रीमा नियुक्त गरेका थिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...