Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एउटै विद्यालयका ९ शिक्षकलाई कोेरोना संक्रमण पुष्टि

Company Register

एउटै विद्यालयका ९ जना शिक्षकलाई कोेरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गरुडा गाँउपालिका वडा नम्बर–७ पिपरिया दोस्तीयास्थित श्री माध्यमिक विद्यालयका ९ शिक्षकमा कारोना संक्रमण पुष्टि भएको हो । शिक्षकमा संक्रमण देखिएपछि आगामी वैशाख १२ गतेसम्मको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लखेन्द्रप्रसाद यादवले बताए ।

Advertisement

वैशाख २ गते विद्यालयको एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरेका थिए । विद्यालयका अन्य शिक्षकको पीसीआर जाँच गर्दा वैशाख ४ गते थप ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित शिक्षकहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्मको लागि विद्यालय बन्द हुने उनले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...