Comments Add Comment

सुन–चाँदीको भाउ फेरि बढ्यो

काठमाडौं – सुनको मूल्य उकालो लाग्नेक्रम जारी रहेको छ । यसैक्रममा बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ पनि तोलाको ९१ हजार ६० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ९५५ रुपैयाँमा आएको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९० हजार ९ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ४६० रुपैयाँ रहेको थियो । चाँदीको मूल्य  प्रतितोला ९५० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर