काठमाडौं – नेपालमा बुधबार कोरोनाका २५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप २५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौं उपत्यकाका २३ जना रहेका छन् ।  योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ हजार ७५२ जना रहेको छ । कोरोनाबाट निधन हुनेको संख्या ३५ जना रहेको छ ।