काठमाडौँ – पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्वारेन्टाइनमा एक लाख १९ हजार १९२ रहेका छन् । आइसोलेसनमा एकहजार ३४९ रहेका छन् । डिस्चार्ज हुनेमा आज एकजनासहित कुल २२० जना पुगेको छ । डिस्चार्ज हुनेमा १७२ पुरुष र ४८ महिला रहेका छन् ।

https://www.facebook.com/mohpnep/videos/1971401276329157/