Comments Add Comment

शिक्षक हीत बचत तथा ऋण सहकारी संस्थाको ५ दिने प्रशिक्षणात्मक भेला उद्घाटन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको शिक्षक प्रशिक्षणको ४४ औं सत्र तथा शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ दिने प्रशिक्षणात्मक भेलाको उद्घाटन आज सम्पन्न भएको छ । नेपाल शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको प्रमूख आतिथ्यता रहेको कार्यक्रम सहकारी अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । देशका बिभिन्न जिल्ला तथा मकवानपुरबाट सहभागी रहेका शिक्षकबीच उद्घाटन सत्रपछि भएको प्रशिक्षणात्मक सत्रलाइ राष्ट्रिय सहकारी संघ निबर्तमान केन्द्रिय सदस्य बद्री लम्सालले प्रशिक्षण दिनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

कार्यक्रमलाइ संवोधन गर्दै प्रमूख अतिथी शर्माले शिक्षक संगठनको १२ औं कार्यकालको समितिले शिक्षक सहकारीको अवधारणा प्रस्तुत गरेको स्मरण गर्दै हाल देशभरी २५ भन्दा बढी जिल्लामा सहकारीको गतिविधी भइरहेको बताउनुभयो । त्यस्ता सहकारी मध्ये मकवानपुर जिल्लाको शिक्षक सहकारी अग्रभागमा रहेको बताउदै संस्थाले नाफा कमाउने भन्दा यसले शिक्षककै ज्यादा हीत गर्नेमा सबै शिक्षकहरुलाइ आश्वस्त पार्नुभयो ।

सहकारी सह सचिव कृष्ण प्रसाद पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाइ सहकारी उपाध्यक्ष शीबप्रसाद लामिछानेले स्वागत गर्नुभएको हो । कार्यक्रममा संगठन राष्ट्रीय समिति महासचिव ह‌ंस साही, सदस्य पद्मा पौडेल, राष्ट्रिय परिषद सदस्य सुन्दरी घिमिरे, बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा सदस्य सीतादेवी खनाल पार्वती खनाल नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल सहसचिव प्रतिमा गौतम लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा प्यूठान जिल्ला सचिव ज्ञानहरी रिजाल मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, पूर्व सचिव केशव सञ्जेल सहकारी अध्यक्ष सिताराम दाहाल, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ४५ औं सत्र अन्तर्गत शिक्षक सहकारीले भोलि जेष्ठ १९ गते सहाकारी नीति तथा एेन नियमको बर्तमान अवस्था प्रशिक्षण दिने जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोरोना र अनुत्तरित प्रश्नहरु

कोरोनाका कारण २५ शिक्षकको मृत्यू