प्रदेश–५ का मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगा प्रहार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् । काठमाडौंबाट भैरहवा विमानस्थल आएका मुख्यमन्त्री कडा सुरक्षाबीच बुटवल आउँदै गर्दा बुटवलको राजमार्ग चौराहानजिक उनको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार भएको हो। मुख्यमन्त्री सवार गाडीमा ढुंगा प्रहार भएको र मुख्यमन्त्री पोखरेल सामान्य घाइते भएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले पुष्टि गरे।

मुख्यमन्त्री सवार गाडी र मुख्यमन्त्रीको स्कर्टिङ गर्ने २ वटा गाडीमा क्षति भएको प्रहरी श्रोतले जनाएको छ। कति क्षति भयो भन्ने यकिन छैन। प्रहरीले सोही स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ। मुख्यमन्त्री सवार गाडीमा कसले ढुंगा प्रहार गर्यो भन्ने खुलेको छैन। प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ। मुख्यमन्त्री शनिबार बिहान पार्टी बैठकपछि काठमाडौ गएका थिए। सदनमा पेश गरेको प्रस्तावप्रति असन्तुष्ट पक्षले रुपन्देही बन्दका कार्यक्रमसहित प्रदर्शन जारी राखेका छन्।

अनलाइनपत्र संवाददाता

Next Post

आज २०७७ असोज १९ गते सोमवार को राशिफल

Mon Oct 5 , 2020
आजको पञ्चाङ्ग बि.सं. २०७७ असोज १९ सोमवार । इ.सं. 05 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादी । दक्षिणायन । शरद ऋृतु । अधिक आश्विन शुक्लपक्ष। तिथि तृतीया , ०७:३३ बजे उप्रान्त चतुर्थी नक्षत्र भरणी , १३:४५ बजे उप्रान्त कृत्तिका योग वज्र , २३:५४ बजे […]

सम्बन्धित खबर