विप्लव निकट नेकपाले आज आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ। नेपाल आयल निगमले इन्धनमा बढाएको मूल्यको विरोधमा आज नेपाल बन्दको आव्हान गरेको हो ।

मकवानपुरमा आज बिहानैदेखि पुर्णरुपमा बन्दको प्रभाव परेको छ । हेटौंडा बजारका पसलहरु पूर्णरुपमा बन्द छन् भने विप्लवका कार्यकर्ताहरु सडकमा बसेर विभिन्न नाराबाजी गरिरहेका छन् । बन्दका कारण मकवानपुरका शैक्षिक संस्था बन्द छन् , हलुका सवारी बाहेक हेटौंडा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी चल्न सकेका छैनन्। अत्यावश्यक सामान बोक्ने सवारी ,प्रेस,एम्बुलेन्सलाई भने चल्न दिइएको छ।

बन्द गर्दै हिडेका विप्लवका कार्यकर्ताहरु

May be an image of 9 people, people standing and outdoors

May be an image of 9 people, people standing, people walking and outdoors

May be an image of 12 people, people standing and outdoors

May be an image of 11 people, people standing, people walking and outdoors

May be an image of 7 people, people standing and outdoors

तस्विर : ललित घलानको फेसबुक वालबाट