स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हाल ६४४६९ मत गणनाको मत परिणाम अनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार मिना कुमारी लामाले १८५३ मत सहित अग्रता कायमै बनाईकी छन् । उनलेले २०३८८ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले १८५३५ मत ल्याई उनलाई पछ्याईरहेका छन् । पौडेल दोस्रो स्थानमा रहेका छन् । राप्रपाका उम्मेदवार दिपक सिंहले १७८८३ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।