Comments Add Comment

प्रहरी दिवसमा धार्मिक स्थल सरसफाई

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा बुधबार सार्वजनिक महत्वका धार्मिक स्थलहरुको सरसफाई गरीएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका साथै यस कार्यालयको प्रत्यक्ष मातहत अन्तर्गतका सबै कार्यालयहरुले बुधबार धार्मिक स्थलहरुको सरसफाई गरीएको हो । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० वटै जिल्लाहरुमा आज एकै साथ सरसफाई कार्यक्रम भएको हो । प्रदेश भरीका १५ वटा धार्मिक स्थलहरुको सरसफाई गरीएको हो । सरसफाईको लागि प्रदेश भरीका ३७० जना प्रहरी कर्मचारी परिचालन गरीएको थियो ।

प्रहरी दिवसको अवसरमा आयोजना गरीएको धार्मिक स्थलको सरसफाई गर्ने कार्यक्रम अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, प्रहरी बरिष्ठ उपरीक्ष सुदिप गिरी, प्रहरी निरीक्षक रोशन थापा सहितको ४० जना प्रहरी कर्मचारीको टोलीले हेटौंडा उप महानगरपालीका १० स्थित गोरक्षेश्वर मन्दिरको सरसफाई गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर