प्राकृतिक प्रकोप र विपदको बेला उच्च सतर्कता अपनाउन बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले जनसमुदायलाई अपिल गरेकी छन् । बिहीबार उपसभामुख तामाङ्गले एक सुचना जारी गर्दै विशेष सतर्कता अपनाउन अपिल गरेकी हुन् । उनले सुचना जारी गर्दै भनेकी छिन्, ‘यतिबेला अविरल वर्षाका कारण मुलुकका विभिन्न भूभागमा बाढी र पहिरोको जोखिम बढिरहेको छ । यसै क्रममा बुधबार राती सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–५ र भोटेकोशी गाउँपालिका–५ मा बाढी र पहिरोका कारण २ जनाको ज्यान गएको र २० जना बेपत्ता भएको घटनाले विक्षिप्त तुल्याएको छ ।’

उपसभामुख तामाङले बाढी पहिरोका घटनामा परेकाहरुको उद्दारका लागि प्रयास जारी रहेता पनि मौषम प्रतिकूलताका कारण अझै सम्म बेपत्ताहरु फेला पर्न नसकिएकाले घाइतेहरुको उद्दार, उपचार व्यवस्था एवं बेपत्ताहरुको खोजी कार्य तीब्र र प्रभावकारी बनाउनका निम्ति प्रदेश सरकारको विशेष ध्यानाकर्षण समेत गराएकी छिन् । ‘मौषम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकरणले जारी गरेको सूचना अनुसार वागमती प्रदेश पनि भारी वर्षा र बाढी पहिरोको उच्च जोखिममा रहेको छ । यस कारण थप धनजनको क्षेती हुनबाट रोक्नका लागि संघ, प्रदेश र स्थानीय सरकारको गंभीर ध्यानाकर्षण गराउँदछु ।’

ध्यानाकर्षण पत्र हेर्नुहोस्

Image may contain: text