Comments Add Comment

थप ११८ जनामा कोरोना, संक्रमित संख्या १६, ६४९पुग्यो

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा एक सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार  एक सय १८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । गत २४ घण्टामा नेपालमा काेराेना संक्रमण निकाे भएर एक सय २० जनाले डिस्चार्ज पाएका छन् । नेपालमा हालसम्म काेराेना भाइरस निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार नाघेकाे छ । हालसम्म ८ हजार ११ जनाले काेराेना जितेर घर फर्किएकाे प्रवक्ता डा.गाैतमले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर