मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा केहि विद्यार्थी कम्बल ओडेर रातभर अनसनमा बसिरहेका छन् । क्याम्पस प्रशासनले विद्यार्थी शुल्कमा भारी बृद्धि गरेपछि उनीहरु पुसको यस्तो चिसोमा समेत कम्बल ओडेर रातभरी अनसनमा बसिरहेका छन् ।
क्याम्पसमा ६५ प्रतिशत शुल्क बृद्धि भएपछि उनीहरुले क्याम्पस प्रशासन र प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै रिले अनसन बसेका हुन् । अनसनमा अनेरास्ववियूका मकवानपुरका नेताहरु सौरभ अधिकारी, शिशिर पराजुली, गिरिजा अधिकारी सहितका नेताहरु अनसन बसिरहेका हुन् । न्युन स्तरका विद्यार्थीहरु अध्धयन गर्ने क्याम्पसमा एकै पटक ६५ प्रतिशत शुल्क बृद्धि हुनुभनेको विद्यार्थीले पढन छाडनु भएको भन्दै आफुहरु यो निर्णय फिर्ता नहुन्जेल निरन्तर अनसनमा बस्ने क्याम्पसका स्ववियु सभापति कुमार केसीले बताए ।