आजको पञ्चाङ्ग

वि.सं. २०७६ पुस २३-बुधबार। इ.स. २०२० जनवरी ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० पोहेलाथ्व। पौष शुक्लपक्ष। त्रयोदशी, २६:३४ उप्रान्त चतुर्दशी। नक्षत्र– रोहिणी, १४:५९ बजेउप्रान्त मृगशिरा। योग– शुक्ल, २१:०१ बजेउप्रान्त ब्रह्म। करण– कौलव, १४:३६ बजेदेखि तैतिल, २६:३४ बजेउप्रान्त गर। आनन्दादिमा शुभ योग। चन्द्रराशि– वृष, २७:१४ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २६ घडी ३ पला। सर्वार्थसिद्धि योग अहोरात्र। अरनिको स्मृति दिवस।
रासीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)   
स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । रोकिएका कामहरु सुचारु हुनेछन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
श्रमको उचित मूल्यांकन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाईमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काममा विभिन्न अवसर पाइनेछ । समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।