आज देशभर दोस्रो पकट स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनमा मकवानपुरका मतदाताहरु उत्साहित भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ९ स्थित प्रगती मावि मा भएको मतदान केन्द्रमा बिहान ४ बजेदेखि नै मतदान गर्न मतदाताहरु लाईनमा बसेका छन् । वडाको विकास र सही नेतृत्व चुन्नका लागि बिहानै लाईन बसेको मतदाताहरु बताउछन् । हेटौंडामा १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् । जसमा ५० हजार ७ सय २५ जना पुरुष,५३ हजार ७ सय ४५ महिला र ३ जना अन्य रहेका छन् ।