मंगलबार चेलेको हावाहुरीको कारण रुखको हाँगाले लागेर मकवानपुरको मनहरी–६ रुपाचुरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षिय बुद्धि बहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चिलाउनेटार सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्रबाट कटान मुछान गरेर घर फर्कने क्रममा हावाहुरीको कारण रुखको हाँगाले लागेर घलानको मृत्यु भएको हो ।