हेटौंडामा घरयासी विवादका कारण झगडा हुँदा एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ हेटौँडा –३ जम्बोमा घरायसी विवादमा कुटपिपट हुँदा ४३ वर्षका मित्रलाल सुनारको मृत्यु भएको हो । विवादमा श्रीमति ४१ वर्षीय अनिता विकले आफ्नै श्रीमानलाई कुटपिट गरि धकेल्दा घाईते भएका सुनारको उपचारको लागि हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतककी श्रीमतिलाई नियन्त्रणमा लिएको प्रहरीले बताए ।