हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको जेनिथ माध्यमिक विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय कार्यक्रम बिहिबार सम्पन्न गरेको छ। विद्यालयले कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई ग्रीस , युक्रेन , पोल्याण्ड , रूस लगायतका शिक्षकहरू र विद्यार्थीहरुसँग सामाजिक ,आर्थिक , शैक्षिक क्रियाकलपहरूमा अन्तरर्क्रिया गरेको हो । कार्यक्रमको अध्यक्षता जेनिथका प्रधानाध्यापक श्री बहादुर कार्कीले गरेका थिए भने अन्तरक्रियाको सहजीकरण प्रशिक्षक विवस जंग थापाले गरेका थिए ।