मकवानपुरगढी गाउँपालिकाले आज आगामी आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछ । मकवानपुरगढी गाउँपालिकाले ६७ करोड ४४ लाख २२ हजार रुपैयाँको बजेट ल्याउन लागेको मकवानपुरगढी गाउँपालिकाका उप–प्रमुख मान कुमारी पाख्रिन (नेपाली)ले जानकारी दिएकी छन् ।

उप–प्रमुख पाख्रिनका अनुसार आगामी आर्थिक वर्षमा पूर्वाधार विकाससँगै, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी रहेको छ । निति तथा कार्यक्रम आज दिउँसो १ बजे प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्त दिपेश दाहालले जानकारी दिए ।