हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ ठुलोथलीमा पाँच तले भ्युटावर सहितको पार्क निर्माणको काम सोमबारबाट सुरु भएको छ । भ्युटावर र पार्कको शिलान्यास गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यस क्षेत्र पनि पर्यटकिय क्षेत्रको संभावना भएकाले यसलाई स्थानीय वासिन्दाले चासो लिएर काम गर्नुपर्ने वताउनुभयो । पाँच तले भ्यू टावरका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २४ लाख रुपैयाँ छुट्याएको र आउँदा वर्षमा पनि बजेट छुट्याउँदै लगिने उहाँले वताउनुभयो । कुल ३ करोड ७५ लाख रुपैयाँ लागतमा भ्युटावर निर्माण गर्न लागिएको हो । बहुवर्षिय योजना अनुसार वषै पिच्छे लगानी गरेर टावर र पार्क निर्माण गरिने मेयर महतले वताउनुभयो ।