Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चुरीयामाइ मा.विमा दुइवटा भवन उद्घाटन् एउटा शिलान्यास

Company Register

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानीमा रहेको चुरीयामाइ माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन् र निर्माण हुन लागेको अर्को भवनको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नयाँ निर्माण भएका दुईवटा भवनको शिलान्यास र निर्माण गर्न लागिएको भवनको शिलान्यास गर्नुभयो ।

Advertisement

कुल एक करोड ४० लाख रुपैयाँ लागतमा निर्माण गरिएको विद्यालयका चार–चार कोठे दुईवटा भवनको मेयर महतले उद्घाटन् गर्नुभयो । त्यसैगरी अव निर्माण हुन लागेको चार कोठे भवनको शिलान्यास समेत गर्नुभयो । २०७२ सालको भुकम्पले धेरै विनास गरेपनि बिद्यालय क्षेत्रमा भने अहिले विकास भएको उहाँले वताउनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १५ का वडा अध्यक्ष महाँरत्न लामा, डिएलपीआइयु शिक्षाका प्रमुख बद्री बहादुर पाठक लगायतकाको आतिथ्यता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...