हेटौडा भेट्रान्स कल्बको सातौँ साधरणसभा शनिबार सम्पन्न भएको छ । बनभोज कार्यक्रम सहित भिमफेदी गाउँपालिकाको भैसेमा आयोजित साधरणसभाले आर्थीक बर्ष २०७६÷७७ को महासचिब प्रतिबेदन र आर्थीक प्रतिबेदन सर्बसम्मतले पारित गरेको छ । कल्बका अध्यक्ष दिपक बज्रचार्यको सभापतित्वमा आयोजित कार्यक्रम्मा उपाध्यक्ष नवराज बज्रचार्यले स्वागत गरेका थिए भने मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतित्यतामा कार्यक्रम भएको थियो ।

महासचिब ज्ञानु क्षेत्रीले कल्बबाट भएगरेका गत्तिबिधिहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमेश उप्रेतीले आर्थीक बर्ष २०७६÷७७ को १० लाख ८३ हजार ४ सय ४० को आयब्याय प्रस्तुत गरेका थिए । साधरणसभाले बिधानमाथि छलफल गर्दै ४० बर्ष माथिका ब्यक्तीहरु सदस्य रहन पाउने र यस अघि साधरण सदस्यको शुल्क १ सय रहेकोमा अब एक बर्षको सदस्य शुल्क १ हजार रहने समेत कायम गरेको छ । साधरण सभाबाट हरेक बर्ष आयोजना गरीने भेट्रान्स कप फुटबल खेल यो बर्ष पनि आयोजना गर्ने निर्णय गरेको छ । साधरणसभाले सातौ भेट्रान्सकप फुटबल प्रतियोगीताको लागी भेट्रान्स सदस्य कबिन साँगामीलाई संयोजकमा चयन गरेको छ । संयोजक साँगामीले ७ उपसमिति बनाएर प्रतियोगीताको तयारी गरीने जनाएकाछन् । ४० बर्ष माथिका उमेर समुहका पुर्ब खेलाडीहरु खेलिने यो प्रतियोगीताले हेटौडामा फुटबल खेलको थप रौनकता थप्दै आएको छ । साधरण सभाका प्रमुख अतिथी जिल्ला फुटबल संघका उपाध्यक्ष राजकुमार श्रेष्ठले हेटौडा भेट्रान्स कल्बले फुटबल खेलमा छुट्टै रौनकता थपेको भन्दै यो उमेरमा पनि देखाएको जोश जाँगरले फुटबल खेल क्षेत्रलाई अझ उच्च बनाएको बताउनु भयो । साधरणसभामा मकवानपुर क्रिकेट संघका अध्यक्ष बाशुलाल श्रेष्ठ,युवा ब्यबसायी बिनोद भोम्जन लगाएतका अतिथीहरुले साधरणसभा र हेटौडा भेट्रान्स कल्बको प्रगतिको शुभकामना दिएका थिए ।