गायक शिव परियारको स्वर तथा संगीत रहेको ‘आँशुको अर्थ ३’(‘तिमिले पो सक्यौ त’ को भिडियो सार्वजनिक गरिएको छ । ‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ २’ गीतलाई दर्शक तथा स्रोताले अत्यधिक मन पराएपछि शिव परियारले ‘आँशुको अर्थ ३’ लिएर आएका हुन् । ‘आँशुको अर्थ’लाई युट्युबमा दुई करोड भन्दै बढी पटक हेरी सकेका छन् भने ‘आँशुको अर्थ २’लाई ५२ लाख भन्दा बढी पटक हेरी सकिएको छ।

गीतमा संचारकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीको शब्द रहेको छ भने गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । स्टुडियो साउन्ड मिलमा रेर्कडिङ गरिएको गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ। ‘आँशुको अर्थ ३’मा नायक आकाश श्रेष्ठले अभिनय गरेका छन्। आँशुको अर्थमा जहाँ सकिएको थियो ‘आँशुको अर्थ ३’को भिडियो त्यहि बाट सुरु गरिएकको छ। भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । यस भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन्। हरि हुमागाईको छायांकन र विकास धमलाको सम्पादन रहेको यस गीतमा समरा जोशीको मेकअप रहेको छ । गीतको भिडियोलाई गायक शिव परियारको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक छ ।